ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौँ — मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ । मंगलबार बिहानले सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।

दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

९८ रनको लक्ष्य पाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २९ रन बनाइन् । २१ बलमा ३ चौका र १ छक्कासहित उनले उक्त योगफल तयार गरेकी हुन् । त्यस्तै नेपालका लागि ४३ बलमा २ चौकासहित कविता कुँवरले २६ रन बनाइन् । बिन्दु रावलले १८ बलमा २ चौकासहित १७ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । मलेसियाका लागि मास इल्यासा यास्मिन जुल्किफ्लीले सर्वाधिक २८ रन बनाइन् । ३४ बल सामना गरेकी उनले २ चौकासमेत प्रहार गरेकी थिइन् ।

त्यस्तै विनिफ्रेड एन दुराइसिंगम र वान जुलिया वान मोहम्मद रोस्दीले समान २०/२० रन बनाए । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् । त्यस्तै कविता कुँवर र इन्दु बर्माले १/१ विकेट लिए ।

आइतबार भने नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो ।

प्रकाशित : जेष्ठ १६, २०८० १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?