कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगातार तेस्रो जितपछि पुलिस चौथोमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समय रेलिगेसनबाट बच्न संघर्षरत पुलिसले सोमबार सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा लगातार तेस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा उसले फ्रेन्ड्स क्लबलाई २–१ ले हरायो । यो जितपछि अब पुलिस अंक तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ ।

पुलिसको अब ३१ अंक भएको छ । फ्रेन्डस भने हारले २४ अंकमै सीमित रह्यो । पुलिसका लागि अञ्जन राईले तेस्रो र ३५ औं मिनेटमा गोल गरे ।

फ्रेन्ड्सका लागि विकास थापाले २० औं मिनेटमा एक गोल फर्काए । त्यस अगाडि दशरथ रंगशालामै भएको दिनको पहिलो खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हरायो ।

खुमलटारका लागि मेसुके ओलुमोउले १७ र स्टेफन विनोङले ७६ औं मिनेटमा गोल गरे । हिमालयनले भने छैटौं मिनेटमा म्यानुएल एग्योमाङले गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । यो जितपछि खुमलटारको २४ अंक भएको छ । हिमालयनको भने २९ अंक छ ।

प्रकाशित : जेष्ठ १५, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?