जुम्लाका शेरबहादुरले चुमे कर्णाली करिडोर म्याराथनको उपाधि

जनकबहादुर शाही

हुम्ला — चंखेली गाउँपालिका सल्लीसल्लाबाट सुरु भएर त्यहाँको केन्द्रलाई रुट बनाएर गरिएको कर्णाली करिडोर म्याराथन सम्पन्न भएको छ ।

जुम्लाका शेरबहादुरले चुमे कर्णाली करिडोर म्याराथनको उपाधि

९ किलोमिटर दुरीको दौड प्रतियोगितामा जुम्लाका शेरबहादुर अधिकारी प्रथम भएका छन् । उनले ३७ मिनेट ४८ सेकेन्डमा उक्त दुरी पार गरेका हुन् ।

दोस्रो भएका जुम्लाकै प्रकाश कठायतले ३७ मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरे भने तेस्रो भएका हुम्लाका सर्जन रावलले ३९ मिनेट ५५ सेकेन्ड मा उक्त दुरी पार गरेका थिए । प्रथम भएका अधिकारीले २५ हजार रुपैयाँ, दोस्रो भएका कठायतले १५ हजार रुपैयाँ र तेस्रो भएका रावलले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाएका छन् ।

'कर्णाली करिडोर मृत्युमार्ग हैन, स्वर्गमार्ग बनौं र जैविक विविधता संरक्षण तथा पर्यापर्यटनका लागि खेलकुद' भन्ने मूलनाराका गणतन्त्र दिवसको अवसरमा म्याराथन भएको हो ।


प्रकाशित : जेष्ठ १५, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?