एभरटन जोगिँदा लेस्टर र लिड्स रेलिगेसनमा


लन्डन — आश्चर्यजनक रूपमा इंग्लिस प्रिमियर लिग जितेको सात वर्षपछि लेस्टर आइतबार रेलिगेसनमा परेको छ । एभरटनले भने इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा आफ्नो ६९ वर्षको बसाई लम्ब्याउन बर्नमाउथलाई १–० ले पराजित गर्न सफल रह्यो ।


यस्तै, लिड्स भने च्याम्पियनसिप लिगमा झरेको छ । टोटनहमसँग ४–१ ले पराजित भएपछि लिड्सको प्रिमियर लिगमा तीन वर्षको बसाई टुंगेको हो । एभरटनको जितमा मालीका मिडफिल्डर अबडोलय डोकोरले नायक रहे र उनले नै निर्णायक गोल गरे ।
यससँगै एभरटनको घरेलु मैदान गुडसन पार्कमा खुसीयाली छाएको थियो । लेस्टरले वेस्ट ह्यामलाई २–१ ले पराजित गरे पनि त्यो उसलाई बचाउन पर्याप्त रहेन ।
प्रकाशित : जेष्ठ १५, २०८० ०६:५१