कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

थ्रीस्टारलाई हराउँदा मनाङलाई राहत

काठमाडौँ — मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा आइतबार थ्रीस्टारलाई १–० ले हराएको छ । यो जितले मनाङलाई धेरै राहत दिनेछ र रेलिगेसन तनाव कम भएको छ । सातदोबाटोमा भएको खेलमा मनाङका लागि चेतनकुमार थारुले ३८ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि मनाङको २८ अंक भएको छ । लगातार सात खेलको बराबरीपछि मनाङको यो पहिलो जित हो र यससँगै दसौं स्थानमा उक्लेको छ । थ्रीस्टार भने २६ अंकमै सीमित रह्यो र ११ औं स्थानमा झरेको छ ।

च्यासलमा भएको खेलमा भने एनआरटीले सातदोबाटोलाई २–१ ले हरायो । एनआरटीका लागि निकोलससँग र सनम लिम्बूले गोल गरे । सातदोबाटोका लागि शिव सुवेदीले १ गोल फर्काए । यो जितपछि एनआरटीको २९ अंक भएको छ र आठौंमा उक्लेको छ ।

सातदोबाटो भने २९ अंकमा रहेर छैटौं स्थानमा छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?