कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गल्फ संघमा घले निरन्तर

काठमाडौँ — टासी घलेको नेतृत्वमा नेपाल गल्फ संघको सर्वसम्मत कार्यसमिति चयन भएको छ । शनिबार गल्फ संघको छैटौं साधारणसभाले घलेलाई पुनः अध्यक्षमा चुनेको हो । उपाध्यक्षमा पवित्रकुमार कार्की, तिलक राई, फुर्साङ लामा चुनिए ।

गल्फ संघमा घले निरन्तर

नयाँ विधानअनुसार गरिएको निर्वाचनमा चूडाबहादुर भण्डारी महासचिव र कृष्णकुमार अग्रवाल कोषाध्यक्षमा निर्वाचित भए । सदस्यमा दीपक आचार्य, दीपक थापामगर, वीरेन्द्रकुमार लिम्बू, प्रवीन याक्थुम्बा, भूबहादुर गुरुङ, आर्सिया बानु र श्रीराम भण्डारी निर्वाचित भएका छन् ।

साधारणसभाका अवसरमा संघले राष्ट्रिय टोलीका दुई खेलाडी सुवास तामाङ र सद्भाव आचार्यलाई सम्मान गरेको थियो । यी दुईले मार्च ८ देखि ११ सम्म ढाकाको कुर्मिटोला गल्फ क्लबमा भएको बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण जितेका थिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?