लुटन टाउन प्रिमियर लिगमा

एएफपी

लन्डन — लुटन टाउनले क्लब इतिहासमै पहिलो पल्ट इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । उसले यसका लागि शनिबारको च्याम्पियनसिप प्लेअफमा कभेन्ट्री सिटीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयको खेल १–१ को बराबरी टुंगेपछि टाइब्रेकरमा लुटन ६–५ ले विजयी रह्यो ।

लुटन टाउन प्रिमियर लिगमा

यो जितसँगै प्रिमियर लिगमा खेलेर लुटनले कम्तीमा २१ करोड डलर कमाउने छ भने कभेन्ट्रीको भागमा लगभग केही पनि परेन । वेम्बलीमा प्राप्त नाटकीय जितपछि लुटनले ३१ वर्षपछि पहिलो पटक इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्नेछ ।

उसले पछिल्लो १० वर्षमा बढुवा जितेको चौथो पल्ट हो । च्याम्पियनसिप लिगबाट यस सिजन लुटनसँगै बर्नली र सेफिल्ड युनाइटेड माथि उक्लेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?