२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पीएसजी बन्यो फ्रान्सेली च्याम्पियन

एएफपी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार कीर्तिमान ११ औं पल्ट फ्रान्सेली लिग वानको उपाधि जितेको छ । लियोनल मेसीको गोलको मदतले पीएसजीले स्ट्रसबर्गसँग १–१ बराबरी खेल्यो र यो नै उसलाई फ्रान्सेली च्याम्पियन बनाउन पर्याप्त रह्यो ।

पीएसजी बन्यो फ्रान्सेली च्याम्पियन

मेसीले गरेको सुरुआती गोलपछि केभिन गमेरियोले स्ट्रसबर्गका लागि बराबरी गोल गरे । यो नतिजापछि लिगमा एक चरणको खेल बाँकी छँदा पीएसजीले चार अंकको निर्णायक अग्रता लिएको छ ।

यसै क्रममा पीएसजीले सन् १९८१ मा सेन्ट इटेनले बनाएको १० लिग उपाधिको कीर्तिमानलाई उछिनेको हो । पीएसजीले पछिल्ला ११ सिजन लिग जितेको नवौं पल्ट हो ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?