कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नाटकीय मोडले बायर्न विजेता

एएफपी

डर्टमन्ड — जमाल मुसियलाले ९० औं मिनेटमा गरेको गोलमा बायर्न म्युनिकले शनिबार कोलोग्नलाई २–१ ले पराजित गर्दै लगातार ११ औं पटक बुन्डेसलिगाको उपाधि जितेको छ । समग्रमा ३३ औं पल्ट बुन्डेसलिगा जितेको छ । जर्मन लिगको अन्तिम दिन बोरुसिया डर्टमन्डले आफ्नो खेल जितेको भए उपाधि जित्ने थियो ।

नाटकीय मोडले बायर्न विजेता

तर, अन्तिम मिनेटमा गोल गरे पनि डर्टमन्डलाई मेन्जले २–२ को बराबरीमा रोकिदिएपछि बायर्नले त्यसको फाइदा उठाएको हो । डर्टमन्डलाई उछिन्न बायर्नले अन्तिम खेल जित्नै पर्थ्यो । मुसियलाले अन्तिममा विजयी गोल गरेपछि बायर्नले अर्को एक सिजन लिग उपाधि सुरक्षित राखेको हो ।

डर्टमन्ड पहिलो २५ मिनेटमै २ गोलले पछाडि परेको थियो भने सेवास्टियन हेलर प्राप्त पेनाल्टीमा गोल गर्न चुकेका थिए । दोस्रो हाफमा डर्टमन्डले दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन । गोल भिन्नतामा बार्यनभन्दा पछाडि रह्यो ।

१९९९–२००० मा पछिल्लो पटक अन्तिम दिनको खेलबाटै बुन्डेसलिगा उपाधि टुंगो लागेको थियो, जहाँ बायर्नले बायर लेभरकुसेनलाई पन्छाउँदै उपाधि जितेको थियो । यसले बायर्नका प्रशिक्षक थोमस टचेललाई सफल बनाएको छ । मार्चमा मात्र जुलियन नागेल्सम्यानको स्थानमा उनलाई ल्याइएको थियो ।

अन्तिम समयमा गोल गरेपछि बायर्नका जमाल मुसियला । तस्बिरहरू : एपी/एएफपी

डर्टमन्डले २०११–१२ यता बुन्डेसलिगाको उपाधि जितेको छैन । ३४ चरणको समाप्तिमा बायर्न र डर्टमन्डको समान ७१ अंक भए पनि बायर्नको गोलभिन्नता ५४ को तुलनामा डर्टमन्डको ३९ मात्र रह्यो । तेस्रो र चोथो भएका आरबी लाइप्जिग र युनियन बर्लिन पनि बायर्न र डर्टमन्डसँगै अर्को सिजनका च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?