वाग्मती प्रदेश खेलकुद : काठमाडौंले जित्यो सर्वाधिक स्वर्ण

हेटौंडा — वाग्मती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतिका समापन भयो ।

वाग्मती प्रदेश खेलकुद : काठमाडौंले जित्यो सर्वाधिक स्वर्ण

दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । काठमाडौंले थप २१ रजत र २५ कांस्य पनि जित्यो । डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले १२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक जिते ।

शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे ।

चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १ सय ६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।

समापन समारोहमा अन्तिम तथा १६८ औं स्वर्णका लागि पुरुष फुटबलमा मकवानपुर र काठमाडौंले प्रतिस्पर्धा गरेका थिए । उक्त फाइनल मकवानपुरले पेनाल्टी सुटआउटमा काठमाडौंलाई ४–३ ले हराउँदै स्वर्ण जित्यो । १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हरेक स्वर्ण विजेताले ५ हजार नगद पुरस्कार पाए । रजत र कांस्य पदक विजेता पनि क्रमशः ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले अब तेस्रो संस्करण अन्तर प्रदेश छनोटको रूपमा हुने उल्लेख गर्दै अन्तर प्रदेश खेलकुदको सुरुआत पनि फागुनमा गरिने बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?