१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रग्बीमा भक्तपुर र मकवानपुर च्याम्पियन

काठमाडौँ — भक्तपुर र मकवानपुरले दोस्रो वाग्मती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि जितेका छन् । भक्तपुर पुरुष र मकवानपुर महिलामा च्याम्पियन भए ।

रग्बीमा भक्तपुर र मकवानपुर च्याम्पियन

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा पुरुष फाइनलतर्फ भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्‍यो । भक्तपुरका सुरज रानाले २, प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ हाने । रग्बीको १ ट्राइमा ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सनवापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।

महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हरायो । विजेताका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।

मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कमनकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । वाग्मती प्रदेश खेलकुदमा रग्बी पहिलो पटक समावेश गरिएको हो ।

प्रकाशित : जेष्ठ १३, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?