२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

चर्च ब्वाइज संकटासँग स्तब्ध

काठमाडौँ — रेलिगेसनबाट बच्न संघर्षरत संकटा क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा चर्च ब्वाइजलाई १–० ले स्तब्ध पारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले लिग तालिकाको शीर्ष स्थानमा रहेको टिमलाई हराउँदै रेलिगेसन क्षेत्र पनि छाडेको छ ।

यो जितपछि संकटाको २६ अंक भएको छ । उसका लागि यसुफ इट्रिसले ६९ औं मिनेटमा निर्णायक गोल गरे । हारले चर्च ब्वाइज ३८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि दोस्रो स्थानमा रहेको मछिन्द्रले आर्मीसँग १–१ को बराबरी खेलेको थियो । त्यसमा आर्मीले दिनेश हेमजनको गोलले अग्रता लिएको थियो । तर ६० औं मिनेटमा मछिन्द्रका लागि युद्ध शाहीले आत्मघाती गोल गरे ।

यस्तै अर्को खेलमा एपीएफले जालोखललाई २–० ले हरायो । त्यसमा आर्मन्ड विडोम र आवाश लामिछानेले १/१ गोल गरे ।

प्रकाशित : जेष्ठ १३, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?