जितसँगै पुलिस र हिमालयन अगाडि बढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा पुलिस र हिमालयन शेर्पाले महत्त्वपूर्ण जित निकालेका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा पुलिसले खुमलटारलाई २–० ले हरायो ।

यो जितपछि पुलिसको २८ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । पुलिसका लागि भरत शाहले सुरुआती गोल गरेपछि मोहमद आसिकले दोस्रो गोल थपे ।

दशरथ रंगशालामै भएको दोस्रो खेलमा भने हिमालयन शेर्पाले थ्री स्टारलाई १–० ले हराएको हो । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निशान लिम्बूले हेडबाट गरे ।

यो जितले हिमालयनको २९ अंक भएको छ । यससँगै हिमालयन छैटौं स्थानमा उक्लन सफल रह्यो । थ्रीस्टार खराब लयबाट गुज्रिरहेको छ र टिम पछिल्ला १० खेलमा जितहीन रहेको छ ।

थ्रीस्टारको यो लगातार तेस्रो हार पनि हो । यी १० खेलमा उपलब्ध ३० अंकमध्ये थ्रीस्टारले ५ अंकमात्र बटुल्न सकेको छ । थ्रीस्टार २६ अंकमै सीमित रह्यो ।

प्रकाशित : जेष्ठ १२, २०८० २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

रासस

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×