कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महिला क्रिकेट टोली घोषणा

काठमाडौँ — रुबिना क्षेत्रीको कप्तानीमा नेपालले मलेसियाविरुद्ध हुने पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि बिहीबार १४ सदस्यीय अन्तिम महिला क्रिकेट टोली घोषणा गरेको छ । 

महिला क्रिकेट टोली घोषणा

टोलीमा छनोट खेलाडीमा सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी छन् । १८ सदस्यीय प्रारम्भिक टोलीमा रहेकाबाट संगीता राई, ममता चौधरी, सोनु पाख्रिन र सृष्टि जैसीलाई अन्तिम सूचीमा राखिएको छैन ।

नेपालको प्रशिक्षकमा सामसनजंग थापा छन् । मलेसिया र नेपालबीच मे २९ र ३०, जुन १, ३ र ४ मा मलेसियास्थित वाईएसडी–युकेएम ओभलमा खेल हुनेछ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?