कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

ब्राइटनको शीर्ष छ निश्चित

एएफपी

ब्राइटन — ब्राइटनले म्यानचेस्टर सिटीको लगातार १२ खेलको जित यात्रामा पूर्णविराम लगाउँदै बुधबार इंग्लिस प्रिमियर लिगमा १–१ को बराबरीमा रोकेको छ र यससँगै अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ ।

ब्राइटनको शीर्ष छ निश्चित

फिल फोडेनले इंग्लिस च्याम्पियनलाई सुरुमा अग्रता दिलाएयता जुलिओ इनसिस्कोले ब्राइटनका लागि बराबरी गोल फर्काए । यो नतिजापछि ब्राइटन प्रिमियर लिगको शीर्ष छ मा रहने निश्चित भएको छ ।

ब्राइटनले प्रिमियर लिगको छैटौं स्थान ओगट्ने निश्चित भएको यो क्लब इतिहासमै पहिलोपल्ट हो । यता जितपछि पेप ग्वार्डिओलाको सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ । अब लिगमा एकै चरणको मात्र खेल बाँकी छ ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?