कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आईपीएल : मुम्बईसँग हारेपछि लखनउ बाहिरियो

काठमाडौँ — आकाश मढवालले पाँच रन खर्चेर पाँच विकेट लिएपछि मुम्बईले आईपीएलको दोस्रो प्ले अफमा बुधबार लखनउ सुपर जायन्ट्सलाई ८१ रनले पराजित गरेको छ । हारसँगै लखनउ प्रतियोगिताबाट बाहिरियो ।

आईपीएल : मुम्बईसँग हारेपछि लखनउ बाहिरियो

पहिले ब्याटिङ गरेको मुम्बईका लागि अस्ट्रेलियाका क्यामरुन ग्रिनले ४१ र सूर्यकुमार यादवले ३३ रन बनाउँदै ६६ रनको साझेदारी गरे । मुम्बईले ८ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । मधवालले ३.३ ओभरमा घातक बलिङ गरेपछि लखनउ १ सय १ रनमै सीमित रह्यो ।

अब शुक्रबार अहमदाबादमा हुने अर्को प्ले अफमा मुम्बईले लिग चरणको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सको सामना गर्नेछ । यसको विजेताले फाइनलमा आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?