३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ए डिभिजन लिग : खुमलटार र पुलिस विजयी

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को पुछारमा रहेको खुमलटारले मंगलबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले स्तब्ध पारेको छ । खुमलटारको जितमा मेसुके ओलुमोउले ३७ औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितपछि खुमलटारको २१ अंक भएको छ भने सातदोबाटो २९ अंकमा सीमित रह्यो । मंगलबारको अर्को खेलमा पुलिस विजयी रह्यो र उसले सातदोबाटोमा भएको खेलमा थ्री स्टारलाई १–० ले नै पराजित गर्‍यो ।

पुलिसका लागि अहमद हिजाजीले २८औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि पुलिसको २५ अंक भयो । खराव लयबाट गुज्रिरहेको थ्री स्टार २६ अंकमै रोकियो ।

प्रकाशित : जेष्ठ ९, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?