२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जावलाखेलको उत्कृष्ट पुनरागमनमा बराबरी

काठमाडौँ — जावलाखेलले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा आइतबार उत्कृष्ट पुनरागमन रच्दै संकटा क्लबलाई २–२ को बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा संकटाले २ गोलले पछाडि रहेको स्थितिमा बराबरी नतिजा निकालेको हो ।

संकटाले ४३ औं मिनेटमा आयुष घलानको गोलले अग्रता लिएको थियो । चन्दनकुमार दासले ७३ औं मिनेटमा संकटाको अग्रतालाई दोब्बर बनाए । जावलाखेलले दोस्रो हाफमा १० मिनेटको अन्तरमा २ गोल गरेको थियो ।

सुरुमा एनकोटो मसोबीले ७७ औं मिनेटमा पहिलो गोल गरेपछि संकटाका लागि समिराज थोकरले ८६ औं मिनेटमा बराबरी गोल गरे । यो नतिजापछि जावलाखेलको ३३ अंक भयो र यो शीर्षमा रहेको चर्च ब्वाइजसँग ३ अंकको दूरी हो । संकटाको भने २३ अंक भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?