कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कान्तिपुर हाफ म्याराथन : कर्पोरेटतर्फको उपाधि विकेश र सुनितालाई

काठमाडौँ — विकेश घिमिरे र सुनिता महर्जनले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रनतर्फको उपाधि जितेका हुन् । ११औं संस्करणअन्तर्गत कर्पोरेट रनतर्फको निर्धारित ५ किलोमिटर दूरी घिमिरेले १४ मिनेट ३६ सेकेन्ड ३ मिलिसेकेन्डमा पूरा गरेका हुन् । त्यस्तै महर्जनले निर्धारित दूरी २३ मिनेट २३ सेकेन्ड ९० मिलिसेकेन्डमा पूरा गरेकी हुन् ।

कान्तिपुर हाफ म्याराथन : कर्पोरेटतर्फको उपाधि विकेश र सुनितालाई

पुरुषतर्फ १४ मिनेट ४६ सेकेन्ड ७ मिलिसेकन्डको टाइमिङ निकाल्दै विकाश पोखरेल दोस्रो भए । त्यस्तै १५ मिनेट ६ मिलिसेकन्डको टाइम निकाल्नै अनिश लामा गुरुङ तेस्रो भए ।

कर्पोरेट महिलातर्फ बिनिता महर्जनले २३ मिनेट ३० सेकेन्ड २९ मिलिसेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भइन् । त्यस्तै एलिना श्रेष्ठले २६ मिनेट ७ सेकेन्ड ४९ मिलिसेकन्डको टाइमिङ निकाल्दै तेस्रो भइन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । कर्पोरेटज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् ।

प्रकाशित : जेष्ठ ६, २०८० ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?