१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युनाइटेडमाथि लिभरपुलको दबाब

एजेन्सी

लन्डन — मोहमद सलाहको निर्णायक गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई १–० ले हराएको छ र शीर्ष चारका लागि म्यानचेस्टर युनाइटेडमाथि चर्को दबाब सिर्जना गरेको छ । इजिप्टको सलाहले १३ औं मिनेटमा गोल गरे ।

युनाइटेडमाथि लिभरपुलको दबाब

एनफिल्डमा उनको यो सयौं गोल रह्यो । लिभरपुल आफैं पनि लयमा रह्यो र लगातार छैटौं लिग जित निकाल्यो । यो जितपछि लिभरपुलको ६२ अंक भएको छ र पाँचौंमा छ । चौथोमा रहेको युनाइटेडको ६३ अंक छ र उसले दुई खेल कम खेलेको छ ।

शनिबारका अन्य खलमा चेल्सीले बर्नमाउथलाई ३–१, म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई २–१, टोटनहमले क्रिस्टल प्यालेसलाई १–० तथा उल्भ्सले एस्टन भिल्लालाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : वैशाख २४, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?