१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
एसीसी प्रिमियर कप

नेपाललाई फाइनलमा १ सय १८ रनको लक्ष्य

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोट हुने राम्रो अवसर आएको हो ।

नेपाललाई फाइनलमा १ सय १८ रनको लक्ष्य

सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेलले निरन्तरता पाएको हो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ४ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

प्रकाशित : वैशाख १९, २०८० ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?