कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो । 

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो । ६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो ।

थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पुर्‍याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै यूएई फाइनलमा पुगेको हो । डकवर्थ लुइसमा यूएईले ओमानलाई २ रनले हराएको हो । एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ । फाइनलमा यूएईलाई हराएमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित : वैशाख १६, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?