२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

विनोद पाण्डे

काठमाडौँ — कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।

नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो । ६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । अर्को एक विकेट सोमपाल कामीले लिएका थिए ।

रोहित पौडेलको कप्तानी इनिङ्समा नेपालले विशाल लक्ष्य दिएको थियो । रोहितले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे । वर्षाले प्रभावित खेल पुनः सुरु भएपछि यी दुईले खुलेर खेल्न सुरु गरे । कुशलले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए ।

यसअघि कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्‍याएका थिए । कुशल ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

उनको स्थानमा आएका भीम सार्की ४ बलमात्र टिकी १ रनमा आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई आउट भए । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनका भाइ आरिफले पनि रोहितलाई राम्रो साथ दिनेक्रममा १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनी दुई बल खेली डक आउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । कुवेतका एडनान इद्रिस र मोहम्मद अस्लामले ३–३ विकेट लिए ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : वैशाख १६, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?