कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल सुरु [अपडेट]

खेल ४२/४२ ओभर खेलाइने

काठमाडौँ — नेपाल र कुवेतबीच एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु भएको छ । खेल ४२/४२ ओभरको हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान सुरु भएको खेल १० बजेर ४५ मिनेटमा पानी पर्न थालेपछि रोकिएको थियो । जसमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

वर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल सुरु [अपडेट]

... अपडेट

वर्षाले नेपाल र कुवेतबीचको खेल पुन: रोकिएको छ । बिहान १०:४५ देखि पानी परेर रोकिएको खेल ११:४५ बजे पिच छोपिएको कभर निकालेपछि म्याच रेफ्रीले सवा १२ बजेदेखि खेल पुनः सुरु हुने बताएका थिए । तर, सवा १२ हुनु ४ मिनेटअघि फेरि मैदानमा पानी पर्न थालेपछि खेल सुरु हुन नपाइ रोकिएको हो ।

बिहान पानीले खेल अवरुद्ध पारेपछि अम्पायरले खेल ४५/४५ ओभरमा छोट्याएका थिए ।

... अपडेट

वर्षाले केहीबेर रोकिएको नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुने भएको छ ।

नेपालले ब्याटिङ गरिरहेको समयमा वर्षाले खेल रोकिएको थियो । जति खेर नेपालले २३.२ ओभरमा ३ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो । कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाई खेलिरहेको समयमा वर्षाले खेल अवरोध गरेको थियो ।

वर्षाका कारण बिहान १०.४५ मा खेल रोकिएको थियो । ११.४५ मिनेटमा पिच छोपिएको कभर निकालिएपछि म्याच रेफ्री यूएईका इफ्तिखार अलीले खेल अब ४५/४५ ओभर हुने निर्णय गरेका थिए ।

एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा खेल्न पाउने छ ।

प्रकाशित : वैशाख १६, २०८० १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?