कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

एसीसी प्रिमियर कप : टस हारेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ — एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह 'ए' को खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको हो । 

एसीसी प्रिमियर कप : टस हारेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बिहीबार नेपालले करण केसीलाई विश्राम दिएर गुलशन झालाई खेलाएको छ ।

समूह ‘ए’ मा ओमान ६ अंकसहित शीर्षस्थानमा पुगेको छ । नेपाल यसअघि नै ३ खेलबाट ५ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल बिहीबार हुने खेलमा कतारलाई पराजित गरेमा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । कतार भने ३ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले कतारसँग १५ वर्षपछि ५० ओभरको फर्म्याटको क्रिकेट खेल्न थालेको हो । यसअघि सन् २००८ मा नेपाल र कतार मलेसियाको क्वालालुम्पुरमा एसीसी इलिट ट्रफीमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल ७५ बल बाँकी रहँदै नेपालले ७ विकेटले जितेको थियो ।

ट्वान्टी-२० मा भने पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत सन् २०१९ मा नेपाल र कतार भिडेका थिए । उक्त खेल भने कतारले ४ विकेटले जितेको थियो ।

प्रकाशित : वैशाख १४, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?