३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ — पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको बुधबार वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । 

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गंगाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) रहेका छन् ।

उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।

विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए ।

मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही ३५ हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।

प्रकाशित : वैशाख १३, २०८० २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?