२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ऋचा मेमोरियल टी–२० क्रिकेट : पुलिस र विराटनगरको लगातार जित

विनोद भण्डारी

विराटनगर — ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र एनबीएससी विराटनगरले शुक्रबार जित निकाल्दै समूहमा समान ४ अंक जोडेका छन् । पुलिसले एनबी ग्रुप धनगढीलाई ६ विकेट र विराटनगरले युनाइटेड दिल्लीलाई ३२ रनले हराएर ‘ख’ समूहको शीर्ष दुई स्थानमा पुगेका हुन् । विजेता दुई टिमबीच शनिबार हुने लिगको अन्तिम खेलको विजेताले उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । आर्मी समूह ‘क’ बाट फाइनल पुगिसकेको छ ।

ऋचा मेमोरियल टी–२० क्रिकेट : पुलिस र विराटनगरको लगातार जित

विराटनगर जुट मिल मैदानमा शुक्रबार १ सय ३० रनको लक्ष्य पछ्याएको पुलिसले १६.४ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो । दिलीप नाथले विष्फोटक ब्याटिङ गर्दै ३६ बलमा ८ चौका र २ छक्कासहित ७५ रनको अर्धशतकीय इनिङ्स खेले । उनी प्लेयर अफ द म्याच भए । योगेन्द्र कार्कीले ४८ रन बनाउँदा ३ छक्का र ४ चौका प्रहार गरे । शंकर रानाले १८ वलमा ३५ र अमित श्रेष्ठले १४ रनको योगदान गरे । बलिङमा धनगढीका हेमन्त धामीले २ तथा कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।

यसअघि धनगढीले ७ विकेट गुमाई १ सय २९ रन बनायो । दीपक बोहराले ३८ बलमा ६५ रन जोडे । उनले २ छक्का र ९ चौका प्रहार गरे । उत्तम थापामगरले ५१ रन बनाउँदा ३ छक्का र ५ चौका प्रहार गरे । दीपक भट्टले ५ छक्का र २ चौकामा ४४ बनाएका थिए ।

पुलिसका योगेन्द्रसिंह कार्कीले ४४ रन खर्चेर ३ विकेट लिए । रशिद खानले ३१ रन खर्चेर २ विकेट र मन्जित श्रेष्ठले १ विकेट लिए ।

दोस्रो खेलमा पहिलो व्याटिङ गरेको एनबीएससी विराटनगरले १६.३ ओभरमा समेटिँदै १ सय २९ रनको मध्यम योगफल तयार गर्दा रवि शर्माले २३ बलमा ५ चौकासहित २५ रन जोडे । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौकासहित २०, इमरानले ७ बलमा २ छक्का र १ चौकासहित १७ रन, सुमन गतराजले १९ र सतिश कुमारले १६ रनको योगदान दिए ।

१ सय ३० रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । दिल्लीका मनीष मिश्रले १७, शक्ति केडीले १४ र अंकितले १२ रनको योगदान गरे । विराटनगरका मेहाङले १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले १७ रन खर्चेर ३, प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले १–१ विकेट लिए ।

प्रकाशित : वैशाख १, २०८० २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?