कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आईपीएल : दोस्रो जितसँगै लखनउ शीर्षमा

काठमाडौँ — लखनउ सुपर जायन्ट्सले तीन खेलमा दोस्रो जित निकाल्दै शुक्रबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । उसको चार अंक भएको छ । यसका लागि लखनउले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गर्‍यो ।

आईपीएल : दोस्रो जितसँगै लखनउ शीर्षमा

हैदराबादको यो लगातार दोस्रो हार हो र १० टिम सम्मिलित प्रतियोगिताको पुछारमा छ । पहिले ब्याटिङ गरेको हैदराबादले आठ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । त्यसमा राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए ।

जवाफमा लखनउले १६ ओभरमा पाँच विकेट गुमाउँदै १ सय २७ रन बनायो । उसका लागि ३४ रन बनाएर तीन विकेट पनि लिएका क्रुनाल पान्ड्या ‘प्लेयर अफ द म्याच’ भए ।

प्रकाशित : चैत्र २५, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?