कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चर्च ब्वाइज च्याम्पियन

लक्ष्मी साह

बारा — १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड च्याम्पियन भएको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै हराएको थियो ।

चर्च ब्वाइज च्याम्पियन

खेलको २५ औं मिनेटमा कप्तान मिलन राई र इन्ज्युरी समयमा आशिष चापागाईंले गरेको गोलमा चर्च ब्वाइजले उपाधि उचालेको हो । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जितेका थिए । फ्लडलाइटमा भएको उपाधि होडमा दुवैले उत्कृष्ट प्रदर्शन गरे ।

विजेतालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले पुरस्कृत गरे । पहिलो सहभागितामा चर्च ब्वाइज फाइनल पुगेको हो । साबिक विजेता एनआरटीलाई २–० ले हराउँदै चर्च ब्वाइज उपाधिसामु पुगेको हो ।

मोफसलका प्रतियोगितामा दुवै टिमको यो सिजन दोस्रो फाइनल हो । चर्च ब्वाइजले इटहरी गोल्डकप र हिमालयन शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुवै उपविजेतामा सीमित भएका थिए ।

सिमरा दुवै टिम उपाधि जित्न चाहन्थे । बाजी भने चर्च ब्वाइज मारेको छ । राजधानी पुगेर सहिद स्मारक लिगको यात्रा थालनी गर्न आफूहरूका लागि जीतपुरसिमराको उपाधिले उर्जा थप्ने चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले बताए । लिगमा अपराजित रहेको चर्च ब्वाइजका प्रशिक्षक प्रशिक्षक हुमागाईंले भने, ‘यो उपाधि हाम्रो लागि निकै महत्त्वपूर्ण भयो । राम्रो टिम भएकाले उपाधि जित्न सफल भयौं ।’

दोस्रो संस्करण विजेता र चौथो संस्करण उपविजेता हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको परिचित टिम हो । लामो समयदेखिसहभागिता जनाउँदै आए पनि टोलीले १० वर्षदेखि जीतपुरसिमरामा सुखद नतिजा

प्राप्त गर्न सकेको छैन । शेर्पाका टिम म्यानेजर बिजेन्द्र पुडासैनीले उपाधिका लागि धेरै मिहिनेत गरे पनि सफल हुन नसकेको बताए ।

प्रकाशित : चैत्र १९, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?