चेल्सीमाथि भिल्लाको प्रभावशाली जित

लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को प्रभावशाली जित निकालेको छ । घरमै भएको एक अर्को खेल गुमाएपछि चेल्सीका व्यवस्थापक ग्राहम पोटरमाथिको दबाब अझ बढेको छ ।

भिल्लाको जितमा ओली वाटकिन्सन र जोन म्याकगिनले एक एक गोल गरे । यो जितपछि भिल्ला ४१ अंकमा सातौं स्थानमा उक्लेको छ । चेल्सी भने ३८ अंकमा ११ औं स्थानमा झरेको छ ।
शनिबारका अन्य खेलमा शीर्ष स्थानमा रहेको आर्सनलले लिड्सलाई ४–१ ले हरायो । यो जितपछि उसको ७२ अंक भएको छ र यो दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाथि आठ अंकको ठोस अग्रता हो ।