डर्टमुन्डलाई हराएर बायर्न अगाडि

एजेन्सी

बायर्न — बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । यस खेलबाट नयाँ व्यवस्थापक टोमस टुचेलले बायर्नका लागि विजयी सुरुआत लिएका छन् ।

बायर्नको जितमा थोमस मुलरले २ गोल गरे । यो जितपछि बायर्नको २६ खेलबाट ५५ अंक भएको छ । डर्टमुन्ड भने ५३ अंकमा दोस्रो स्थानमा झरेको छ ।

यस खेल अगाडि शीर्षमा रहेको डर्टमुन्डको यस हारसँगै लिगमा १० खेलको अपराजित यात्रा टुंगेको छ । बायर्न भने लगातार ११ औं लिग उपाधिको अभियानमा छ ।

प्रकाशित : चैत्र १९, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

बार्सिलोनाको अग्रता १५ अंक

एजेन्सी

म्याड्रिड — रोबर्ट लेवनडोस्कीको २ गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एल्चेलाई ४–० ले हराएको छ । उक्त टीम सन् २०१९ यता पहिलोपल्ट लिग उपाधिको नजिक पुगेको छ । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता पनि लिएको छ ।

बार्सिलोनाका लागि अन्सु फाटी र फेरान टोरेसले पनि १/१ गोल गरे । शीर्षमा बार्सिलोनाको २७ खेलबाट ७१ अंक भएको छ भने रियल म्याड्रिड ५६ अंकमा दोस्रो स्थानमा छ ।

अन्य खेलमा जिरोनाले इस्पनयोललाई २–१ र सेभियाले काडिजलाई २–० ले पराजित गर्‍यो । रियलले आइतबार रियल भालाडोलिडको सामना गर्नेछ र बार्सिलोनासँगको दूरी घटाउन सक्नेछ ।

प्रकाशित : चैत्र १९, २०७९ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×