बार्सिलोनाको अग्रता १५ अंक

एजेन्सी

म्याड्रिड — रोबर्ट लेवनडोस्कीको २ गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एल्चेलाई ४–० ले हराएको छ । उक्त टीम सन् २०१९ यता पहिलोपल्ट लिग उपाधिको नजिक पुगेको छ । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता पनि लिएको छ ।

बार्सिलोनाको अग्रता १५ अंक

बार्सिलोनाका लागि अन्सु फाटी र फेरान टोरेसले पनि १/१ गोल गरे । शीर्षमा बार्सिलोनाको २७ खेलबाट ७१ अंक भएको छ भने रियल म्याड्रिड ५६ अंकमा दोस्रो स्थानमा छ ।

अन्य खेलमा जिरोनाले इस्पनयोललाई २–१ र सेभियाले काडिजलाई २–० ले पराजित गर्‍यो । रियलले आइतबार रियल भालाडोलिडको सामना गर्नेछ र बार्सिलोनासँगको दूरी घटाउन सक्नेछ ।

प्रकाशित : चैत्र १९, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?