खप्तड गोल्डकप : थ्रीस्टार खप्तड फाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — थ्रीस्टार क्लबले बिहीबार आयोजक सुदूरपश्चिम–११ लाई हराउादै छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटलब प्रतियोगिताको फाइनल तय गरेको छ ।

धनगढी रंगशालामा थ्रीस्टारले पेनाल्टी शुटआउटमा ४–२ को नतिजा निकालेको थियो । थ्रीस्टारले उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी शुटआउटमा थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको पेनाल्टी सफल भयो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीले मात्र गोल गरेका थिए भने विष्णु चौधरी र विमल ओलीको प्रहार थ्रीस्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए ।

खेलको ३० औं मिनेटमा पहेंलो कार्ड पाएका थ्रीस्टारका दिपेश गुरुङले ४४ औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए । थ्रीस्टार १० खेलाडीमा सीमित भयो । यद्यपि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

विक्रम लामाले ८३ औं मिनेटमा हेडरबाट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । इन्ज्युरी समयमा आयोजकका माधव भण्डारीले गोल गरेर खेल बराबरीमा ल्याएपछि पेनाल्टी सुटआउटतर्फ खेल धकेलिएको थियो ।

थ्रीस्टारका कप्तान विक्रम लामा एसपीए म्यान अफ म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउँदै मनाङ फाइनल पुगेको थियो । मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो ।

प्रकाशित : चैत्र १६, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो छ संयुक्त सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन/विकास, गणतन्त्र सुदृढीकरण, संघीयता कार्यान्वयन, अर्थतन्त्र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्नेलगायत विषयलाई प्राथमिकता दिइएको छ । 

यस्तै गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिहरु कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने विषय पनि संयुक्त सरकारका प्राथमिकता र साझा कार्यक्रममा समेटिएका छन् ।

पूर्णपाठ

प्रकाशित : चैत्र १६, २०७९ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×