कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन

काठमाडौँ — ‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ । लुम्बिनीमा हुने उक्त कार्यक्रमका लागि बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्बीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । त्यसअनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा कार्यक्रम हुनेछ । कार्यक्रममा अन्तर्राष्ट्रिय पिस म्याराथन गरिनेछ । भविष्यमा थप दौड पनि समावेश गरिने जनाइएको छ ।

पिस म्याराथनका लागि प्रदेश खेलकुद परिषद्ले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त म्याराथन आयोजनाका लागि दुवै पक्षले प्रायोजकसँग थप प्रयास गर्नेछन् । कार्यक्रमलाई लिएर आयोजित पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष श्रेष्ठले म्याराथन आयोजनाले लुम्बिनीको प्रवर्द्धन तथा प्रचारप्रसारमा अझ मदत पुग्ने विश्वास पोखे ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघको घोषणाअनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभर इन्टरनेसन डे अफ स्पोर्ट्स फर डेभलपमेन्ट एन्ड पिस आयोजना हुँदै आएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?