कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनाङ खप्तड गोल्डकपको फाइनलमा

धनगढी — मनाङ मर्स्याङ्दी क्लब छैटौं खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बुधबार सेमिफाइनलमा मनाङले क्यामरुनी टिम एभिनियर एफसीलाई ६–० ले हराएको थियो ।

मनाङ खप्तड गोल्डकपको फाइनलमा

आवश्यक कागजात नभएको प्राविधिक कारणले दुई खेलाडी खेल्न नपाएपछि एभिनियरले ९ खेलाडी लिएर मैदान उत्रिएको थियो । तर पहिलो हाफमै एभिनियरले सात खेलाडीमा सीमित भएर खेलेको हो । दुई खेलाडीले रातो कार्ड पाएका थिए । एक खेलाडीको भिसा सकिएको र अर्का खेलाडीको श्रम स्वीकृति प्रक्रिया पूरा नभएका कारण ११ खेलाडी एभिनियरले मैदान उतार्न नसकेको जनाइएको छ ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको मनाङले ७ खेलाडीमा समेटिएको एभिनियरमाथि दोस्रो हाफमा त्यसको फाइदा उठायो । फाउल गरेका एभिनियरका जोर्डन जुनियरले पहेँलो कार्ड पाए । त्यसको विरोधमा विपक्षी खेलाडी र रेफ्रीसंँग खराब व्यवहार प्रदर्शन गर्दा उनी रातो कार्ड सामना गरेर बाहिरिनुपर्‍यो । त्यसको केही मिनटभित्रै एभिनियरका गोलकिपर विल्सनले पनि रातो कार्ड पाए । त्यसपछि टिम ७ खेलाडीमा सीमित भएको हो ।

मनाङको जितमा अलमोल जमलले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा जीवन गुरुङको गोलबाट मनाङले अग्रता लिएको थियो । त्यसमा ५४ औ मिनटमा प्रशन्न श्रेष्ठले एक गोल थपे भने जमलले ५९, ६७ र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ८१ औं मिनटमा अनिल गुरुङले मनाङका लागि छैटौं गोल गरेका थिए । ह्याट्रिककर्ता नै म्यान अफ द म्याच भए । उनले १० हजार प्राप्त गरे ।

साबिक विजेता मनाङले अब फाइनलमा आयोजक सुदूरपश्चिम–११ र थ्रीस्टार क्लबबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रकाशित : चैत्र १५, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?