३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फेन्सर सोफियाले वर्ल्ड जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौँ — नेपाली फेन्सर सोफिया चन्दले बुल्गेरियाको प्लोभ्दिभमा हुने ७३ औं वर्ल्ड क्याडेट एन्ड जुनिनयर फेन्सिङ च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

फेन्सर सोफियाले वर्ल्ड जुनियर च्याम्पियनसिप खेल्ने

नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट खेल्दै टिम स्पर्धामा कांस्यपदक जितेकी १९ वर्षीया सोफियाले अप्रिल १ देखि ९ सम्म हुने च्याम्पियनसिपमा जुनियरतर्फ साब्रे स्पर्धामा चुनौती प्रस्तुत गर्नेछिन् । यसबारे नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले भने, ‘जुनियरमा २० वर्षमुनिका खेलाडी सहभागि हुन पाउँछन् । यो उमेर समूहका राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सोफियालाई वर्ल्ड च्याम्पियनसिपको लागि छनोट गरिएको हो ।’

सोफियाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता यही हुने छ । च्याम्पियनसिपको पहिलो दिन नै प्रतिस्पर्धा गर्ने उनी विहीबार बुल्गेरिया प्रस्थान गर्दैछिन् । उनलाई संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले बुधबार बिदाइ गरेका छन् ।

ओलम्पिक छनोटको चटारो

पेरिस ओलम्पिक २०२४ एसियाली छनोट– पहिलो चरणको तयारीमा नेपाली महिला फुटबल टिम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार अभ्यास गर्दै । छनोटको समूह ‘सी’ मा रहेको नेपालले भियतनामविरुद्ध चैत २२ र २५ खेल्ने छ । दशरथ रंगशालामा हुने खेलबाट समूह विजेता हुने टिम दोस्रो चरणमा प्रवेश गर्ने छ । नेपाली टिम टोकियो ओलम्पिक २०२० छनोटमा दोस्रो चरणसम्म पुगेको थियो ।

प्रकाशित : चैत्र १५, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?