नेपाल र बंगलादेशबीच बराबर

काठमाडौँ — नेपालले साफ यू-१७ वुमेन्स च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा मंगलबार बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । ढाकाको शेख कमल मैदानमा भएको खेलमा नेपालले सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेको थिएन ।
नेपालले ८ औं मिनेटमा सेनु परियारको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ७५औं मिनेटमा बंगलादेशका लागि सागरिकाले बराबरी गोल फर्काइन् ।
कुल पाँच टिम सम्मिलित प्रतियोगितामा नेपालको चार खेलबाट ४ अंक भएको छ । नेपालले यसअघि भुटानलाई हराएको थियो भने भारत र रुससँग हार बेहोरेको थियो ।
प्रकाशित : चैत्र १४, २०७९ १६:५९