कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिमालयन शेर्पा अन्तिम चारमा

लक्ष्मी साह

बारा — सिमरामा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलमा सोमबार ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई २–१ ले हराएर हिमालयन शेर्पा सेमिफइनलमा पुगेको छ ।

हिमालयन शेर्पा अन्तिम चारमा

पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा सातदोबाटो पहिलो सहभागितामै निरास बन्न पुग्यो । ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदीप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । हिमालयन शेर्पाका डिफेन्डर म्यानुअल नानाको गल्तीको फाइदा उठाउँदै सातदोबाटोका कप्तान सुदीपले बललाई सहजै पोस्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदीपले लिएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस सातदोबाटोका डिफेन्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई बक्सभित्र सटिक पास उपलब्ध गराए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केही सेकेन्ड बााकी छँदा टिमलाई खेलमा फर्काए ।

दोस्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाइनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे । हिमालयन शेर्पाका मिडफिल्डर सत्यम् शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा बक्सभित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटोका गोलरक्षक निशान्त थापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल पुग्नका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १२ औं मिनटमा सातदोबाटोका सुशील लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले बक्सभित्र दिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका नीरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले बक्सभित्र दिएको पासमा नीरजको प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

खेलको ७४ औं मिनटमा सातदोबाटोका नीरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईन बाट बल अघि बढाएका नीरजले खाली पोस्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेन्डरले बल क्लिएर गर्दै संकट टारे ।

खेलको पााचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।

खेलको आठौं मिनटमा निशान लिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए ।

खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलरक्षकले बचाउ गरे ।

खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्त प्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक निशान थापामगरले पन्च गरेर जोगाए ।

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपीएफ क्लबकोसित प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?