१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुम्बईले जित्यो वुमेन्स प्रिमियर लिग

एजेन्सी

मुम्बई — मुम्बई इन्डियन्सले आइतबार पहिलो संस्करणको वुमेन्स प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा उसले दिल्ली क्यापिटल्सलाई सात विकेटले पराजित गरेको हो ।

मुम्बईले जित्यो वुमेन्स प्रिमियर लिग

इंग्ल्यान्डकी नाट ब्रन्टले नटआउट रहेर ६० रन बनाइन् र मुम्बईले सजिलै १ सय ३२ रनको लक्ष्य पछ्याएको हो । मुम्बई जितसम्म पुग्दा तीन बलको खेल बाँकी थियो । उसलाई अन्तिम ओभरमा जितसम्म पुग्न पाँच रन आवश्यक थियो ।

त्यस अगाडि दिल्लीले नौ विकेटमा १ सय ३१ रन बनाएको थियो । एक समय नौ विकेट गुमाएर ७९ रनको स्थितिबाट उसले सम्माजनक स्कोर खडा गरेको थियो ।

प्रकाशित : चैत्र १३, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?