कुम्मायक गोल्ड कप : मिक्लाजुङ र फाल्गुनन्द सेमिफाइनलमा 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा जारी चौथो 'कुम्मायक गोल्डकप' प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दुइटा खेलमा आ-आफ्ना प्रतिस्पर्धीलाई हराउँदै मिक्लाजुङ र फाल्गुनन्द गाउँपापालिकाका टिम सेमिफाइनमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा फिदिम नगरपालिकालाई हराँउदै मिक्लाजुङ र हिलिहाङलाई हराउँदै फाल्गुनन्द सेमिफाइनलमा प्रवेश गरेका हुन् । फिदिम नगरपालिकालाई १–४ गोलको फराकिलो अन्तरले हरायो भने फाल्गुनन्दले फिदिमलाई २–४ गोल अन्तरले पराजित गर्‍यो ।

आइतबारको खेलमा मिक्लाजुङका विजय तामाङ र फाल्गुनन्दका रितिक आङ्देम्बे उत्कृष्ट खेलाडी घोषित भए । सोमबार मध्याह्न १२ बजे याङवरक गाउँपालिका र तुम्बेवा गाउँपालिकाबीच पहिलो चरणको अन्तिम खेल सञ्चालन गर्ने आयोजकको तालिका छ । यसैगरी दिउँसो ३ बजे कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाबीच पहिलो सेमिफाइनल खेल सञ्चालन गरिने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको फाइनल चैत १५ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कारसहित तीन वर्षे रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उपविजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता पृथ्वी मावि यासोकको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित : चैत्र १२, २०७९ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्

थ्रीस्टार खप्तडको सेमिफाइनलमा

चित्रांग थापा

धनगढी — ए डिभिजन टोली थ्रीस्टार क्लब छैटौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । धनगढी रंगशालामा आइतबार थ्रीस्टारले छिमेकी प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो । ५९ औ मिनटमा दिपेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच दिपेश गुरुङ घोषित भए ।

थ्रीस्टारले सेमिफाइनलमा सुदूरपश्चिम ११ र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ । यो खेल चैत १६ मा हुनेछ । सोमबार मनाङ मर्स्याङ्दी र वाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । मोफसलको सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता विजेताले २१ लख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र १२, २०७९ २२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×