थ्रीस्टार खप्तडको सेमिफाइनलमा

चित्रांग थापा

धनगढी — ए डिभिजन टोली थ्रीस्टार क्लब छैटौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । धनगढी रंगशालामा आइतबार थ्रीस्टारले छिमेकी प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो । ५९ औ मिनटमा दिपेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच दिपेश गुरुङ घोषित भए ।

थ्रीस्टारले सेमिफाइनलमा सुदूरपश्चिम ११ र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ । यो खेल चैत १६ मा हुनेछ । सोमबार मनाङ मर्स्याङ्दी र वाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । मोफसलको सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता विजेताले २१ लख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र १२, २०७९ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्

बलेफीलाई उपाधि

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — यस वर्षको चौथो बलेफी गाउँपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बलेफी गाउँपालिकाले उचालेको छ । सुनकोसी ७ स्थित वसन्तपुर मैदानमा बलेफीले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ६–५ ले हराएको थियो ।

सिन्धुपाल्चोक फुटबल संघको प्राविधिक समन्वय र बलेफी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ स्थानीय तहबाट १२ टिम प्रतिस्पर्धी थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसमा बलेफीले ६–५ को नतिजा निकाल्यो ।

विजेता बलेफीले १ लाख र उपविजेता पाँचपोखरीले ५० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई बलेफीका अध्यक्ष गंगाबहादुर लामा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अमृत श्रेष्ठलगायतका पुरस्कार प्रदान गरे ।

प्रकाशित : चैत्र १२, २०७९ २२:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×