प्रधानमन्त्री कप फुटबल : पहिलो हाफ लाओस १-१ भुटान

राजु घिसिङ

काठमाडौँ — दशरथ रंगशालामा भइरहेको प्रधानमन्त्री त्रिदेसीय कप फुटबलमा लाओसविरुद्ध भुटानको प्रतिस्पर्धा पहिलो हाफमा १-१ को बराबरी भएको छ । बोनपछान बोनकोङले तेस्रो मिनेटमै गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर, कप्तान चेन्चो ग्याल्सेनले ३५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै ३५ औं मिनेटमा भुटानलाई १-१ को बराबरीमा पुर्‍याएका हुन् ।

प्रधानमन्त्री कप फुटबल : पहिलो हाफ लाओस १-१ भुटान

‘फिफा मेन्स इन्टरनेसनल म्याच क्यालेन्डर’मा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । त्यसैले लाओसलाई फाइनलमा स्थान बनाउने संभावना कायम राख्न पनि भुटानविरुद्ध जित्नैपर्ने वा बराबरी नतिजा आवश्यक छ ।

पराजित भएको स्थितिमा लाओस प्रतियोगिताको समूह चरणबाटै बाहिरिने छ भने यस्तो नतिजाले एक खेल अगावै नेपाल र भुटानले फाइनलमा स्थान सुरक्षित गर्नेछ । लाओसविरुद्ध भुटानको खेल बराबरीमा टुंगिएमा पनि नेपाल समूहको अन्तिम खेल बाँकी छँदै फाइनलमा पुग्नेछ ।

प्रकाशित : चैत्र ११, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?