कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

सन्जु पौडेल

लुम्बिनी — तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङदी र सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ । मनाङ र सुदूरपश्चिम–११ बीचको खेल शनिबार बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । मनाङ सुदूरपश्चिमलाई हराएर उपाधि कब्जा गर्ने रणनीतिमा मैदान उत्रनेछ ।

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

सुदूरपश्चिम पनि ए डिभिजनको मनाङलाई हराएर गोल्डकप जित्ने ध्याउन्नमा हुनेछ । तर, मनाङलाई पराजित गर्न सुदूरपश्चिमलाई त्यति सहज भने हुनेछैन । प्रतियोगिताअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनलमा काठमाडौंको फ्रेन्ड्स क्लबलाई पराजित गर्दै मनाङले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम–११ ले फाइनल यात्रा तय गरेको थियो ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?