नेदरल्यान्ड्समाथि फ्रान्सको चार गोल

काठमाडौँ — फ्रान्सेली कप्तानका रूपमा केयलिन एमबापले शुक्रबार विजयी सुरुवात गरेका छन् । उनको दुई गोलमा युरो २०२४ को छनोटमा फ्रान्सले नेदरल्यान्ड्समाथि सजिलो ४–० जित निकालेको छ ।

नेदरल्यान्ड्समाथि फ्रान्सको चार गोल

यस्तै रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्विडेनलाई ३–० ले हरायो र नयाँ अध्याय सुरु गर्‍यो । पेरिसमा भएको समूह ‘बी’ को खेलमा फ्रान्सका लागि एन्टोन ग्रिजमन र डयोट उपामकानोले एक/एक गोल गरे ।

विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जिमयले नयाँ प्रशिक्षक डोमानिको टेडेस्कोको नेतृत्वमा पहिलो पल्ट खेलेको थियो । समूह ‘एफ’ को खेलमा लुकाकु तीन गोल गर्न सफल रहे ।

शुक्रबारका अन्य छनोट खेलमा मोन्टेनेग्रोले बुल्गेरियालाई १–०, ग्रिसले जिब्राल्टरलाई ३–०, अस्ट्रियाले अजरबैजानलाई ४–१ र सर्बियाले लिथुवानियालाई २–० ले हरायो ।

प्रकाशित : चैत्र ११, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?