१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सीईसीलाई भीएनसीएको सहयोग

विनोद पाण्डे

मेलबर्न — भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई शुक्रबार मेलबर्नमा सम्मान गरेको छ । साथै पारसद्वारा सञ्चालित पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई भीएनसीएका तर्फबाट अध्यक्ष सुजित बस्नेतले १ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए ।

सीईसीलाई भीएनसीएको सहयोग

दुई वर्षअघि संन्यासको घोषणा गरेयता पारसले काठमाडौंको बालुवाटारमा सीईसी सञ्चालन गरिरहेका छन् । नेप्लिज एसोसिएसन अफ भिक्टोरियोको निमन्त्रणामा १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडरको भूमिकामा पारस मेलबर्न आएका छन् । उनले नेपाली क्रिकेटरलाई अस्ट्रेलिया क्रिकेटसँग जोड्ने विषयमा नेपाल समुदायसँग छलफल गरिरहेका छन् ।

भीएनसीएद्वारा आयोजित कार्यक्रममा उनले अस्ट्रेलियामा नेपाली समुदायले स्थापना गरेको क्रिकेट क्लबहरू बलियो भएर नेपाली क्रिकेटरका लागि क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

भीएनसीएका अध्यक्ष बस्नेतसहित उपाध्यक्ष सन्दीप बोगटी, कोषाध्यक्ष सचिन बुढाथोकी, संस्थापक अध्यक्ष यसवन्त सुवेदी, सल्लाहकार राजन मास्के र संरक्षक विनीत शर्माले पारसलाई सम्मान गरेका थिए । यसवन्तसहित अभिषेक केसी, विवेक श्रेष्ठ मिलेर भीएनसीएको स्थापना गरेका थिए ।

नेपालले सात पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ । नेपालबाट ३–३ पटक विश्वकप खेल्ने थोरै खेलाडीको सूचीमा पारस र यसवन्त रहेका छन् । यसवन्तले २००२, २००४ र २००६ तथा पारसले २००४, २००६ र २००८ मा भएको यू–१९ विश्वकप खेलेका थिए । २००९ यता यसवन्त अस्ट्रेलियामा आई मेलबर्नलाई कर्मथलो बनाइरहेका छन् ।

प्रकाशित : चैत्र ११, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?