१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एएफसी यू-२० वुमेन्स एसियाकप छनोट : नेपाल कठिन समूहमा

काठमाडौँ — एएफसी यू-२० वुमेन्स एसियाकप २०२४ को छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघले जारी गरेको ड्रअनुसार नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसी यू-२० वुमेन्स एसियाकप छनोट : नेपाल कठिन समूहमा

नेपालले यस समूहमा चीन, म्यानमार र चिनियाँ ताइपेयीको सामना गर्नेछ । छनोटका खेल जुन ३ देखि ११ सम्म हुनेछन् । समूह विजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने एसियाकपमा स्थान बनाउनेछ ।

छनोटको प्रारम्भिक चरणमा नेपाल समूह विजेता रहेको थियो । नेपालले छनोटको दोस्रो चरण प्रवेशका लागि प्यालेस्टाइन र नर्डन मारिया आइल्यान्डमाथि सहज जित निकालेको छ ।

प्रकाशित : चैत्र ९, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?