२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कमलामाई किशोरी भलिबलको उपाधि वडा नं १ लाई

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका तेस्रो किशोरी उपमेयरकप भलिबल प्रतियोगिताको उपाधि वडा नं १ ले हात पारेको छ । वडा नं ६ लाई हराउँदै वडा नं १ विजयी भएको हो । कमलामाई नगरपालिकाका १४ वडामध्ये प्रतियोगितामा तीन वटा वडाले मात्र भाग लिएका थिए ।

कमलामाई किशोरी भलिबलको उपाधि वडा नं १ लाई

तेस्रो मेयरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेसँगै वडा नं १ ले एक लाख रुपैयाँ हात पारेको छ ।

सिन्धुलीको ९ वटा वडा प्रतियोगितामा सहभागी भएका थिए । नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगिताको वडा नं १ ले एक लाख नगदसहित सिल्ड र प्रमाणपत्र पाएको छ ।


उपविजेता वडा नं ६ ले ५० हजार नगदसहित सिल्ड, प्रमाणपत्र हात पारेको छ । विजेता, उपविजता टोलीलाई उपमेयर मन्जु देवकोटाले पुरस्कार वितरण गर्दै सबै वडाहरुले प्रतियोगितामा भाग लिने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताइन् ।


प्रकाशित : चैत्र ९, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?