कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् प्रशिक्षक डम्बरसिंह

पोखरा — पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो ।

रहेनन् प्रशिक्षक डम्बरसिंह

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कनेक्रममा नाउँडाँडामा उनले चलाएको कारले कुकुरलाई ठक्कर दिएको थियो । स्थानीयले केरकार गरेपछि उनी त्यहीं ढलेका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीन वर्षअघि मस्तिष्कघात भएपछि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । उनका श्रीमती, ३ छोरी र एक छोरा छन् । सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनले सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको रजाधानी बैंककमा खेले । सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षणमा उनले भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनी कुनै समय आरसीटीबाट फरवार्डको भूमिका थिए ।

भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब ६ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी पोखरामै थिए ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?