अनन्तको गोलमा नेपाल १-० ले अगाडि 

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफमा बुधबार लाओसविरुद्ध १-० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा डिफेन्डर अनन्त तामाङको हेडर गोलमा घरेलु टिमले अग्रता लिएको हो । उनले नवीन लामाको कर्नरमा ३० औं मिनेटमा गोल गर्दै नेपाललाई १-० ले अगाडि बढाएका हुन् ।




प्रकाशित : चैत्र ८, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम गाडीसँग विद्युतीय गाडी नेटा भी साट्न पाइने एक्स्चेन्ज क्याम्प सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको छ । काठमाडौंको विशालनगर सोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु भएको हो । चैत १० गते शुक्रबारसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने सीजीले जनाएको छ । 

सीजी मोटर्सका अनुसार पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने छ । त्यस्तै सोरुमको भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने कम्पनीले जनाएकोने छ । ‘नेटा भी कारमा सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ’ सीजीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ । यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । ‘सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ’ कम्पनीले भनेको छ ।


प्रकाशित : चैत्र ८, २०७९ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×