सागका दोहोरो स्वर्णधारी प्यारागनका दूत

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता कराते खेलाडी मण्डेकाजी श्रेष्ठले प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

एम्बासडर नियुक्तिसँगै मण्डेकाजीलाई मासिक रूपमा तलब दिनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्नेसमेत सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै विद्यालयका प्रधानाध्यापक श्रीमती बिना बानु र प्रबन्ध निर्देशक साकिर उद्दिनले खेलकुदबाट मुलुकका लागि योगदान गर्ने व्यक्तिलाई कदर गर्नेक्रममा विद्यालयसँग आबद्ध गराउन पाउनु अत्यन्तै गर्वको विषय भएको बताए ।

करातेका खेलाडी मण्डेकाजीले ब्रान्ड एम्बासडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि खुसी महसुस भएको बताए । उनले प्यारागन पब्लिकमा खेलकुदको विकास गर्ने कार्यसँगै शैक्षिक गतिविधिमा संलग्न गराएका विद्यालय परिवारप्रति आभार व्यक्त गरे ।

प्रकाशित : चैत्र ७, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

निसान गाडी किन्नेलाई नबिल बैंकबाट कर्जा प्रवाह हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौता अनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकहरुले नबिलबाट छिटो र सहजताका साथ कर्जा पाउने छन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरे । सम्झौता अनुसार विद्युतीय गाडी खरिद गर्नेलाई आधार दरमा ३.५ देखि ५ प्रतिशतसम्म ब्याजदर पर्नेछ । ७ वर्षको अवधि रहनेगरी विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह हुनेछ । बैंकको जुनसुकै शाखाबाट यो ऋण सुविधा पाइने सम्झौता रहेको पायोनियरले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रकाशित : चैत्र ७, २०७९ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×